जेठ २१, ललितपुर । ललितपुरको ठैवमा बिजुलीको पोल सार्ने क्रममा पोलले थिचिँदा एक व्यक्तिको मृत्यु भएको छ।गोदावरी नगरपालिका–१४ स्थित सरस्वतीटार टोलमा आज बुधबार बिहान बाटो निर्माणका क्रममा डोजरले पोललाई ठीकसँग अड्याउन नसक्दा बिजुलीको पोल लडेर स्थानीय ५५ वर्षीय रमेश शाहीको ज्यान गएको हो। घटनाबारे प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीले जानकारी दिनुभयो।

घटनापछि आक्रोशित स्थानीयवासीहरूले डोजरको दायाँपट्टिको सिसा फुटाएका छन्। करिब ८० देखि ९० जना स्थानीय घटनास्थलमा जम्मा भएको र अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस