जेठ २२, काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। आज बिहिबारको बैठक विपक्षी दलको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो। दिउँसो १ बजेका लागि तोकिएको बैठक दलहरूबीच सहमति नजुटेपछि दिउँसो साढे ३ बजेका लागि सारिएको थियो। त्यसपछि केही ढिलो गरी बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू उठेर विरोध जनाए।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गर्नासाथै विपक्षी सांसदहरू विरोधमा उभिएका थिए। सभामुख घिमिरेले सांसदहरूलाई बस्न र सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि अवरोध जारी रहेपछि बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो।

विपक्षी दलका सांसदहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरुद्ध पार्दै आएका छन्। आजको बैठकसहित पाँच वटा बैठक अवरुद्ध भइसकेका छन्। जेठ १३ र १४ गते बैठक सुरु भएर स्थगित भएका थिए भने हिजो र अस्ति बैठक सुरु नै नभई स्थगित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस