जेठ २२, काठमाडौं । नेकपा (समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ। पतञ्जली समूहसँग सम्बन्धित जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उहाँको सांसद पद स्वतः निलम्बनमा परेको हो।

सार्वजनिक पदमा बसेको व्यक्तिविरुद्ध अख्तियारमा मुद्दा दर्ता भएमा पद स्वतः निलम्बन हुने प्रावधान रहेको छ। यस्तो व्यवस्था अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ र भ्रष्टाचार निवारण ऐन, २०५८ मा उल्लेख गरिएको छ।

नेपालको निलम्बनसम्बन्धी आधिकारिक पत्र प्राप्त भएपछि सभामुखले प्रतिनिधि सभामा जानकारी गराउने छन्।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस