जेठ २३, काठमाडौं । सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका दुई जवानमध्ये एकजनाको शव फेला परेको छ। सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार हरदेव राजवंशीको शव घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणमा फेला परेको हो। बेपत्ता अर्का जवान सुरज साउदको खोजी कार्य जारी रहेको थापाले जानकारी भनाइ छ।

मनसुनजन्य विपद्‌को पूर्वतयारी अभ्यासको क्रममा हिजो ती दुई जवान सप्तकोशी नदीमा बेपत्ता भएका थिए। उनीहरूको खोजीका लागि दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीबाट डीएसपीको नेतृत्वमा चार जना गोताखोरसहित ३५ जना र नम्बर ६ गण, सप्तरीबाट विपद् व्यवस्थापन तालिम प्राप्त २० जना सुरक्षाकर्मी डिएसपीको कमान्डमा परिचालन गरिएको थापाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस