जेठ २५ , काठमाण्डाैँ । प्रतिनिधिसभा बैठक केही सातादेखि विपक्षी दलको अवरोधका कारण अवरुद्ध हुँदै आएको छ। उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै बैठक चल्न दिएका छैनन्। यद्यपि सत्तापक्ष उक्त मागमा सहमत छैन। जेठ १५ मा बजेट प्रस्तुतिपछि सदन अवरुद्ध भएको हो। त्यसयता दुवै पक्ष आ–आफ्ना अडानबाट पछि नहट्दा संसद् सञ्चालन हुन सकेको छैन।

सदन सञ्चालनमा सहमति जुट्न नसकेपछि शुक्रबारको बैठक पनि स्थगन गरिएको थियो। यद्यपि, संसद् सचिवालयले आज आइतबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको छ।

विपक्षी दलहरू केही लचक देखिन थालेका छन्। शुक्रबारको विपक्षी बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले सरकारतर्फबाट छानबिनको विश्वसनीय प्रस्ताव आएमा सदन चल्न दिने संकेत गर्नुभएको थियो।

आजको बैठकमा सम्भावित छलफल हुने विषयहरू:

  1. अर्थमन्त्री विष्णुप्रसाद पौडेल:

    • वक्तव्यसहित “आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्ताव पेस गर्नेछन्।

  2. राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा:

    • “संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२” संसद्मा पेस गर्नेछन्।

तर प्रमुख विपक्षी दलहरूको अवरोध कायमै रहेकाले बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सक्ने/नसक्ने अनिश्चित छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस