दाङ, जेठ २५ । दाङमा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ प्रगतिनगरका २२ वर्षीय लक्ष्मण बिष्ट, गढवा–४ अजगढवाका ३९ वर्षीय भन्साराम यादव र गढवा–६ थानदेउखुरीका ३७ वर्षीय सदान मनिहार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं सूचना अधिकारी चक्रबहादुर शाहका अनुसार, कोइलाबासबाट गढवा तर्फ आउँदै गरेको लु.९६प ८८९३ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा चालक लक्ष्मण बिष्टको शरीर खानतलासी गर्दा लुकाइछिपाई राखिएको लागुऔषध ब्राउन सुगर फेला परेको हो।
शाहका अनुसार, प्लास्टिकसहित ८ ग्राम ८३० मिलिग्राम तौल भएको उक्त पदार्थबाट शुद्ध तौलमा ६ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ। प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।












