काठमाडौँ, जेठ २७ । आज मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ।
हिजो अर्थात् सोमबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँ रहेको थियो।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर २ हजार १ सय ६५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य तोलाको २ हजार १ सय ५० रुपैयाँ थियो।












