काठमाडौं, जेठ २७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उनको सचिवालयका सदस्यहरूको फ्रान्सको कान्समा भएको भ्रमणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ । आयोग स्रोतका अनुसार, कान्स फिल्म फेस्टिभलमा सहभागी हुन मेयर शाहसहित टोलीले गरेको वैदेशिक भ्रमणमा भएको खर्च र प्रक्रिया सम्बन्धी उजुरी परेको थियो। प्रारम्भिक छानबिनपछि केही अनियमितताको आशंका देखिएपछि थप अनुसन्धान सुरु गरिएको हो।

महालेखा परीक्षकको प्रतिवेदन २०८२ मा पनि काठमाडौं महानगरपालिकाले विदेश भ्रमणका लागि ५२ लाख ५४ हजार ७७ रुपैयाँ खर्च गरेको उल्लेख छ। सो खर्चमध्ये अधिकांश भुक्तानी नियमविपरीत रहेको प्रतिवेदनमा औँल्याइएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस