दाङ, जेठ २८ । दाङ महिला जेसीजले वर्ष २०२५ को जेसीज सप्ताह विविध रचनात्मक कार्यक्रमहरू गर्दै भव्य रुपमा मनाउने भएको छ। अध्यक्ष अनिता ढकालको अध्यक्षतामा तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यमा आयोजित मंगलबार भएकाे पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिइएको हो।

जेठ ३१ गते रक्तदान कार्यक्रमसँग सप्ताहको शुभारम्भ गरिनेछ भने असार १ गते वृक्षारोपण, असार २ गते अपांग संघमा सहयोग हस्तान्तरण, असार ३ गते व्यवसायिक अन्तरक्रिया, असार ४ गते प्रजनन स्वास्थ्य परामर्श, असार ५ गते महिलाबीच फुटसल प्रतियोगिता र असार ७ गते अम्बिकेश्वरी मन्दिर परिसरमा साहित्यिक कार्यक्रम गर्दै सप्ताहको समापन गरिनेछ।

सप्ताहका कार्यक्रमहरूमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने, नेतृत्व तथा व्यक्तित्व विकासमा टेवा पु–याउने र सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्य रहेको आयोजकले जनाएका छन्। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वक्ताहरूले महिला जेसीजले समुदायमा पुर्‍याउँदै आएको योगदानको सराहना गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्न सुझावसमेत दिएका थिए। सप्ताहको अवसरमा विशेष टिसर्ट समेत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस