दाङ , जेठ २८ । दाङकाे राजपुर गाउँपालिका–१ नं. वडा कार्यालयले दलित भूमिहीन, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि भर्ना गरिएको फारमको आधारमा आवश्यक निस्सा प्रदान गर्न नसकिएको जानकारी दिएको छ।
वडाअनुसार फारम भरेका व्यक्तिहरूमध्ये कतिपयले आवश्यक कागजात अपूर्ण रुपमा बुझाएका कारण निस्सा वितरण प्रक्रिया प्रभावित भएको छ। त्यसैले अपुग कागजात भएका सेवाग्राहीहरूले यो सूचना प्रकाशित मितिले ७ (सात) दिनभित्र, अर्थात् २०८२ जेठ ४ गतेसम्म सम्बन्धित कागजातसहित वडा कार्यालयमा सम्पर्क गर्न कार्यालयले आग्रह गरेको छ।
समयमै कागजात पेश नभएमा निस्सा सम्बन्धमा वडा कार्यालय जिम्मेवार नहुने स्पष्ट पारिएको छ।












