दाङ, जेठ २७ । घोराही उप-महानगरपालिका वडा नं. १३ को समन्वयमा तथा सञ्जिवनी डेन्टलको आयोजनामा यही जेठ ३१ गते (शनिवार) दाँत सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
शिविर वडा नं. १३ स्थित बाह्रकुने ताल नजिकको जेष्ठ नागरिक भवनमा सञ्चालन गरिनेछ। शिविर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।
शिविरमा ४० वर्ष पुरा गरेका तथा दाँत सम्बन्धी समस्या भएका लक्षित व्यक्तिहरूले सहभागी भई दाँत परीक्षण गराउन सक्नेछन्।
वडाले सम्बन्धित सबै लक्षित व्यक्तिहरूलाई तोकिएको समयमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ।











