अहमदाबाद, भारत । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीवार दुर्घटनाग्रस्त भएको विमानको ‘ब्ल्याक बक्स रेकर्डर’ फेला परेको छ।

एअर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान अहमदाबादबाट बेलायतको लण्डनका लागि उडान भरेको थियो। तर, झण्डै एक सय मिटरको उचाइ नपुग्दै विमान दुर्घटनामा परेको हो।

विमानमा चालक दलका सदस्यसहित २४२ जना सवार थिए। तिनमध्ये २४१ जनाको ज्यान गएको पुष्टि भइसकेको छ। एक जना बेलायती नागरिक विश्वासकुमार रमेश मात्र जिवित बच्न सफल भएका छन्।

दुर्घटना आवासीय क्षेत्रमा भएकाले थप २४ जना स्थानीयले पनि ज्यान गुमाएका छन्। यससँगै मृतकको कुल सङ्ख्या २६५ पुगेको छ।

ब्ल्याक बक्स रेकर्डर फेला परेसँगै मृतकका परिवार, आफन्त र सम्बन्धित अधिकारीहरूले आवश्यक अनुसन्धानपछि दुर्घटनाको सत्यतथ्य पत्ता लाग्ने विश्वास व्यक्त गरेका छन्। बीबीसीले यसबारे जानकारी दिएको हो।

 

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस