लुम्बिनी, ३१ जेठ । लुम्बिनी प्रदेश सरकारले भोलि आइतवार भूम्या पूजाको अवसरमा प्रदेशअन्तर्गतका चार जिल्लामा सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना प्रकाशित गर्दै रोल्पा, दाङ, रुकुम (पूर्व) र प्यूठान जिल्लामा सम्बन्धित समुदायका लागि सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो।
भूम्या पर्व मगर समुदायले विशेष श्रद्धा र परम्परागत रूपमा मनाउने प्रमुख सांस्कृतिक पर्व हो। २०८१ साल चैत २१ गते प्रकाशित प्रदेश राजपत्रअनुसार सो पर्वको अवसरमा सार्वजनिक बिदा दिने व्यवस्था गरिएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।












