असार १, भारत (उत्तराखण्ड)। भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ। केदारनाथ मन्दिर दर्शन गरी गुप्तकाशी फर्किंदै गरेका तीर्थयात्रीसहित एक शिशु पनि दुर्घटनामा परेका थिए। बीबीसी हिन्दीका अनुसार सबै यात्रुको मृत्यु भएको छ।

दुर्घटनाको कारण बारे प्रारम्भिक अनुमान अनुसार अचानक खराब मौसमले हेलिकप्टर दुर्घटना गराएको बताइएको छ। बिहान साढे ५ बजे तिर हेलिकप्टर सम्पर्कविहीन बनेको थियो।

यसअघि, गत बिहीबार भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा एअर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान दुर्घटना भएको थियो। लन्डनका लागि उडेको सो विमानमा चालक दलका सदस्यसहित २४२ जना सवार थिए। पछिल्लो विवरणअनुसार उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या २७० पुगेको छ, जसमा जमिनमा रहेका केही स्थानीय बासिन्दाहरू पनि परेका छन्।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस