बुटवल, असार १ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा कृषि र सहकारी क्षेत्रमा काम गर्नका लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ। भूमि, कृषि तथा सहकारी मन्त्रालय मार्फत सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेशसभामा उक्त बजेट पेश गर्नु भएकाे हाे ।
कृषि उत्पादनक्षमता र दीगो विकासका लागि कुल ४ अर्ब ७२ करोड रुपैयाँ बजेट छुट्याइएको छ। कृषिको आधुनिकरण गरी व्यवसायिकरण गरेर यस क्षेत्रको वृद्धि गरिने लक्ष्य राखिएको छ।











