असार ०२, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। निगमका अनुसार,पेट्रोलमा प्रतिलिटर १ रुपैयाँले तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य वृद्धि गरिएको हो।

नयाँ मूल्यअनुसार,

  • चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा

    • पेट्रोलको मूल्य प्रतिलिटर १५७ रुपैयाँ ५० पैसा

    • डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ ५० पैसा पुगेको छ।

  • सुर्खेत र दाङ क्षेत्रमा

    • पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ

    • डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४४ रुपैयाँ रहेको छ।

  • काठमाडौँ, पोखरा र दिपायल क्षेत्रका लागि

    • पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ

    • डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस