काठमाडौँ, असार ७ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का विद्यार्थी तथा प्राध्यापकहरूले अब संघीय अस्पताल तथा चिकित्सा प्रतिष्ठानमा विशेष उपचार सुविधा पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र त्रिविबीच यससम्बन्धी समझदारी भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र त्रिविका उपकुलपति डा. खड्ग केसीको उपस्थितिमा मन्त्रालयमा भएको समझदारीअनुसार त्रिविका विद्यार्थी तथा प्राध्यापकलाई उपचार कोषमार्फत ९० प्रतिशत लागत विश्वविद्यालयले बेहोर्ने र बाँकी १० प्रतिशत लाभग्राहीको योगदानमा आधारित रही सेवा उपलब्ध गराइनेछ।

समझदारीमा त्रिविले आफ्ना प्राध्यापक तथा विद्यार्थीहरूलाई स्वास्थ्य बीमामा आबद्ध गराउन प्रोत्साहित गर्ने उल्लेख पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस