असार ७ । प्रेस चौतारी नेपाल गुल्मीका सचिव सूर्य सुनारमाथि समाचार संकलनका क्रममा स्थानीय जनप्रतिनिधिहरूद्वारा दुर्व्यवहार गरिएको घटनाप्रति प्रेस चौतारी नेपाल केन्द्रीय समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।
प्रेस चौतारीले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार मिति २०८२ असार ५ गते गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–२ का वडाध्यक्ष रविन्द्र केसी, वडा नं. १ का वडाध्यक्ष आनन्द प्रसाद श्रेष्ठ र वडा नं. ३ का वडा सदस्य थम्मन केसीसहित अन्य केही व्यक्तिहरूले पत्रकार सुनारमाथि दुर्व्यवहार गरेका थिए।
विज्ञप्तिमा जनप्रतिनिधिहरूबाट पत्रकारमाथि दुर्व्यवहार गर्नु, समाचार संकलनमा रोक लगाउनु र सामाजिक सञ्जालमार्फत धाकधम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको ठहर गरिएको छ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

यस्ता गतिविधिहरू दोहोरिन नदिन विशेष पहल गर्न, श्रमजीवी पत्रकारलाई निर्वाध रूपमा काम गर्न दिने वातावरण निर्माण गर्न र पत्रकारको भौतिक सुरक्षाको प्रत्याभूति गराउन प्रेस चौतारीले सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। साथै, घटनामा संलग्नलाई कडा कारबाही गर्न पनि माग गरिएको छ।











