दाङ,  असार १० । घोराहीमा खुला १० किलोमिटर रोड रेस प्रतियोगिता हुने भएको छ। प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजनामा असार १४ गते बिहान ७ बजे घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस, भरतपुरबाट ‘लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० किलोमिटर रोड रेस प्रतियोगिता’ सञ्चालन हुने भएकाे छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले असार १३ गतेसम्म आफ्नो नाम दर्ता गरिसक्नुपर्नेछ। परिषद्का सदस्य कैलाश रोका अनुसार, नाम दर्ता गर्दा खेलाडीको परिचय खुल्ने सरकारी कागजात अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

प्रदेशमा खेलकुदको विकास र दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको परिषद्का सदस्य सचिव तिरणदाज गौतमले जानकारी दिएका छन्। उनका अनुसार, गत वर्ष यो प्रतियोगिता राप्ती उपत्यकाको देउखुरी क्षेत्रमा आयोजना गरिएको थियो।

यसपटकको प्रतियोगितामा पुरुष र महिलाका विजेताहरूले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्। दोस्रो हुनेलाई जनही ३० हजार, तेस्रो हुनेलाई २० हजार, चौथो हुनेलाई १५ हजार र पाँचौँ स्थान हासिल गर्ने खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पनि बताइएकाे छ।

त्यस्तै, छैठौँदेखि दशौँ स्थानसम्म स्थान हासिल गर्ने खेलाडीहरूलाई पनि जनही ५ हजार रुपैयाँ प्रोत्साहनस्वरूप दिइने ब्यबस्था गरीएकाे छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस