घोराही,असार १० । दाङको घोराही–लमही सडकखण्डअन्तर्गत रुखको हाँगो भाँचिँदा एक म्याजिक गाडी र मोटरसाइकलमा क्षति पुगेको छ।

घोराही उपमहानगरपालिका–३ स्थित कुइरेपानी चोकमा सडक किनारमा पार्किङ गरिएको रा १ ज ४६६ नम्बरको म्याजिक गाडी र लु ५८ प ७६७८ नम्बरको मोटरसाइकलमा बरको हाँगो खस्दा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमका अनुसार मंगलबार बिहान करिब १०:४५ बजे सो घटना भएको हो। घटना हुँदा सवारीसाधनभित्र मानिस नभएकाले मानवीय क्षति भने भएको छैन।

उनका अनुसार हाँगो खस्दा केहीबेरका लागि घोराही–लमही सडक अवरुद्ध भएको थियो। पछि अवरोध हटाएर सडक पुनः सञ्चालनमा ल्याइएको जानकारी उनले दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस