घोराही, असार १० । घोराहीमा पाँच दिनसम्म सञ्चालन भएको अभिनय कार्यशाला भव्यरूपमा सम्पन्न भएको छ।
पहल नेपालको आयोजनामा तथा संयोजक केएल बुढाथोकीको अगुवाइमा सम्पन्न कार्यशालामा अभिनेता तथा वरिष्ठ नाट्यकर्मी भोलाराज सापकोटाले प्रशिक्षण दिनुभएको थियो।

घोराहीलगायत विभिन्न स्थानका विद्यालयमा अध्ययनरत विद्यार्थी र युवाहरूको सहभागिता रहेको उक्त कार्यशालाको समापन समारोहमा प्रमुख अतिथिका रूपमा सबिन प्रियासन उपस्थित रहनुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले आफूलाई निम्त्याएर भविष्यका सम्भावनाशील कलाकारहरूको अभिनय हेर्ने अवसर प्रदान गरेकोमा संयोजक केएल बुढाथोकी तथा पहल नेपालप्रति धन्यवाद व्यक्त गर्नुभयो।

“हामीले दाङ–घोराही समृद्ध बनाऔं भनी अभियान चलाइरहेका छौं,” उहाँले भन्नुभयो, “तर, कला क्षेत्रको विकास बिना दाङ–घोराही समृद्ध हुन सक्दैन।”

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस