काठमाडौँ, असार १४ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आगामी साउन २९ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार हिजो प्रकाशित नतिजामा सहभागी भई ग्रेड प्राप्त गर्न नसकेका वा अनुपस्थित रहेका सबै विद्यार्थीहरूले पूरक परीक्षा दिन पाउने छन्। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन हुने छ। परीक्षाका लागि पुरानै प्रवेशपत्र मान्य हुनेछ।

त्यसैगरी, नतिजामा चित्त नबुझेका विद्यार्थीहरूले पुनर्योग (रि-टोटलिङ) वा उत्तरपुस्तिका पुनः परीक्षणको लागि पनि आवेदन दिन सक्नेछन्। बोर्डका अनुसार पुनर्योग वा पुनः परीक्षणका लागि आवेदन दिने अन्तिम म्याद असार २३ गते बेलुकी ५ बजेसम्म तोकिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस