घोराही, असार २९ । घोराही उपमहानगरपालिका–१७ गुलरीयामा अवस्थित राधाकृष्ण तथा शिव–पार्वती मन्दिरमा श्रावण १ गतेदेखि एक महिनासम्म सञ्चालन हुने शिव महापुराण तथा श्रीङ्गारिक महाआरतीको तयारी तीव्र पारिएको छ।

कार्यक्रम तयारीको क्रममा आज २९ असार बिहान ४ बजेदेखि विभिन्न पतञ्जली केन्द्रहरूमा पुगेर निमन्त्रणा वितरणसहितका कार्यहरू व्यापक रूपमा अगाडि बढाइएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ।

धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्यक्रममा पं. सन्तोष श्यामचरणबाट कथा वाचन हुनेछ भने विभिन्न क्षेत्रका पुरोहित, भजन मण्डली र भक्तजनहरूको सहभागिता रहनेछ। साथै, मन्दिर क्षेत्रमा हुने यस कार्यक्रमबाट धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकको छ।

मन्दिर व्यवस्थापन समितिले सम्पूर्ण श्रद्धालु, भक्तजन र स्थानीयवासीलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आह्वान गरेको छ। आवश्यक तयारी, समन्वय र प्रचारप्रसारका कार्यलाई थप व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू गठन गर्ने प्रक्रिया पनि अघि बढाइएको समितिका अध्यक्ष गोविन्द गोराथोकीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस