दाङ, असार ३१ । दाङमा पहिलो पटक अन्तर्राष्ट्रिय योग सम्मेलन हुने भएको छ । नेपाल संस्कृत विश्वविद्यालयको मुख्य आयोजनामा आउँदो २०८२ सालको आश्विन २५, २६ र २७ गते दाङको बेलझुण्डीमा अन्तर्राष्ट्रिय योग सम्मेलन–२०८२ (Global Yoga Summit–2025) आयोजना हुने भएको छ।
नेपालका प्रतिष्ठित शैक्षिक तथा प्राज्ञिक संस्था, स्थानीय निकाय र सनातन धर्मसेवी संस्थाहरूको सह-आयोजनामा हुने सम्मेलनको मूल आयोजक समितिमा विभिन्न व्यक्तिहरूलाई मनोनयन गरिएको छ। सम्मेलनको संयोजक एवं नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधनकुमार पौडेलले मनोनयन प्राप्त व्यक्तिलाई बधाई दिँदै सम्मेलनमा सक्रिय सहयोग, सल्लाह र भूमिका निर्वाह गर्न अनुरोध गरेका छन्।
सम्मेलनले योग विज्ञानको प्रचार–प्रसार, शारीरिक–मानसिक स्वास्थ्य प्रवर्द्धन र संस्कृतिको अन्तर्राष्ट्रिय सञ्जाल निर्माणमा सघाउने विश्वास आयोजकले लिएका छन्।












