अर्घाखाँची, असार ३२ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१०, धनचौर तल्लोपाकुमा सुक्खा पहिरोमा पुरिएर श्रीमान–श्रीमतीको ज्यान गएको छ।
घाँस काट्न तथा चिउरी टिप्न हिजो बिहान जंगल गएका ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी श्रीमती श्यामकला बुढामगरको सुक्खा पहिरोले पुरिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो।
श्रीमती–श्रीमती राति अबेरसम्म घर नफर्किएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि खोजतलासको क्रममा दम्पतीको शव तुसारेपानी क्षेत्रमा पहिरोमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।












