दाङ, साउन ३। दाङको देउखुरीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ।
मृतक राप्ती गाउँपालिका–३ मसुरियाका ४३ वर्षीय खिमबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार रा २ प ६२६१ नम्बरको मोटरसाइकल गएराति राप्ती पुलको रेलिङमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर चोट लागेका पुनलाई उपचारका लागि लमही अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस