काठमाण्डौ, साउन ९, भारतको राजधानी नयाँ दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलाहरूलाई नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसीविना कुवेत जान लागेका महिलाहरूलाई नेपाली दूतावाससँगको समन्वयमा स्थलमार्ग हुँदै गएराति रूपन्देही पुर्‍याइएको छ ।

ती महिलाहरूलाई सुनौली नाका हुँदै रूपन्देही पुर्‍याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । महिलाहरूलाई त्यहाँबाट काठमाण्डौ ल्याइँदैछ । गृहमन्त्री रमेश लेखकले फर्काइएका महिलाहरूको विषयमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्री लेखकले मानव बेचबिखन ब्युरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको गृह मन्त्रालयले जनाएको छ । मन्त्री लेखकले वैदेशिक रोजगारीमा अवैध रूपमा जाने विषयको गहन अनुसन्धान गर्न निर्देशन दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस