घाेराही, साउन ९ । घोराही उपमहानगरपालिका–१४ र १५ अन्तर्गतको आनन्द टोल विकास संस्थाको २५औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले गणेश प्रताप पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष राधादेवी बिष्ट, सचिव प्रेमबहादुर केसी, सहसचिव भुपबहादुर ओली, कोषाध्यक्ष सन्ध्या महर्जन तथा सदस्यहरू किरण गिरी, इन्दु पुन, देवीराम पाण्डे, सुजाता राई, प्रकाश डाँगी र नविता सिंह लाइ चयन हुनु भएकाे छ ।

कार्यक्रममा घोराही उपमहानगरपालिका–१४ का अध्यक्ष भानसिंह बुढा प्रमुख अतिथि र नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा संस्थाका पूर्व अध्यक्ष सबिन प्रियासन विशिष्ट अतिथि हुनुहुन्थ्यो।

सो अवसरमा टोल विकास संस्थाअन्तर्गत रहेका ८० वर्ष नाघेका जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस