लमही, साउन ९ । लमही नगरपालिकाले बजार क्षेत्रलाई सफा, सुन्दर र स्वच्छ राख्ने उद्देश्यले विभिन्न स्थानमा डस्टबिन स्थापना गरेको छ। पालिका अनुसार गल्ने, नगल्ने तथा धारिलो–सिसाजन्य फोहोर छुट्टाएर संकलन गर्नका लागि बजारका मुख्य स्थानहरूमा डस्टबिन राखिएको हो।
लमही अस्पताल, लमही नगरपालिका कार्यालय, धमिलाको बोट, ग्रिन पार्क अगाडि, सार्वजनिक शौचालय नजिक, प्रतिष्ठा आयल स्टोर छेउ, कोइलाबास रोड चोक, गोलघर चोक, शाह मार्ग, पिसिओ रोड, न्यू रोड, जिसी गेस्ट हाउस अगाडि र नापी कार्यालय अगाडीलगायतका स्थानहरूमा डस्टबिन स्थापना गरिएको नगरपालिका स्रोतले जानकारी दिएको छ।












