घोराही, साउन १२ । घोराही उपमहानगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०८१/८२ मा दर्ता भएका उजुरीमध्ये ८८ प्रतिशत उजुरी मिलापत्रका माध्यमबाट समाधान गरेको जनाएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत समितिका संयोजक तथा उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले अघिल्लो र बितेको आर्थिक वर्षमा प्राप्त उजुरीहरूको अवस्थाबारे जानकारी दिनुभएको हो।

उहाँका अनुसार अघिल्लो र हालको आर्थिक वर्षमा गरी समितिमा कुल १३५ वटा उजुरी दर्ता भएका थिए। तीमध्ये ११९ वटा उजुरीको मिलापत्रमार्फत समाधान गरिएको छ भने बाँकी १६ वटा उजुरी छलफलको प्रक्रियामा छन्।

उपप्रमुख डिसीले स्थानीय तहमा न्यायिक समितिको भूमिका अत्यन्त संवेदनशील र प्रभावकारी रहेको उल्लेख गर्दै, विवाद समाधानका लागि वैकल्पिक उपायको रूपमा समितिले महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस