तुलसीपुर, साउन २०। तुलसीपुरस्थित ज्ञानज्योति माध्यमिक विद्यालयले यस वर्षको कक्षा–१२ को नतिजामा दुई तहमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। विद्यालयले व्यवस्थापन संकायतर्फ दाङ जिल्लामा प्रथम र विज्ञान संकायतर्फ नेपालभर प्रथम स्थान सुरक्षित गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाअनुसार, विज्ञान संकायका छात्र कृष्ण गिरीले ३.९६ जिपिए प्राप्त गर्दै नेपालभर प्रथम स्थान हासिल गरेका विद्यालयका भाइस–प्रिन्सिपल मनोजकुमार केसीले दिनुभयो।
व्यवस्थापन संकायतर्फ भने विद्यालयका छात्र सन्दीप वलीले ३.९० जिपिएसहित दाङ जिल्ला प्रथम स्थान प्राप्त गरेका छन्। लुम्बिनी प्रदेशसहित पश्चिम नेपालमै निरन्तर अब्बल नतिजा ल्याउँदै आएको विद्यालयको सफलताको प्रमुख आधार कुशल नेतृत्व, सबल व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षक–शिक्षिकाको साथ, र अनुशासित तथा लगनशील विद्यार्थीको मेहनत रहेको विद्यालयका सिइओ सुरेन्द्र जिसीले बताउनुभयो।
ज्ञानज्योति माध्यमिक विद्यालयमा हाल वि.वि.ए., वि.ए.सी.एसआईटी, वि.सी.ए., वि.एस्सी., वि.वि.एस. र वि.ए. संकायमा अध्ययन सञ्चालन हुँदै आएको छ। पश्चिम नेपालमै उच्च व्यवस्थापनसहित सञ्चालन हुने प्रतिष्ठित शिक्षालयका रूपमा विद्यालय परिचित छ। विद्यालयले विभिन्न समय र संकायमा निरन्तर उत्कृष्ट नतिजा ल्याउँदै आएको छ।











