घोराही, साउन २१ । घोराही उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र स्वर्गद्वारी दाङ शाखाको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूका लागि व्हीलचेयर वितरण कार्यक्रम आज झिँगौरोमा सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथि घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसी थिइन्। विशिष्ट अतिथि वडा नं. १४ का वडाध्यक्ष भानसिंह बुडा र नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका केन्द्रीय सदस्य भगवती बुढाथोकी रहेका थिए। कार्यक्रममा शाखा सभापति रूपा ओलीको अध्यक्षता रहेको थियो।
केन्द्रीय सदस्य भगवती बुढाथोकीले सञ्चालन गरेका सो कार्यक्रममा १५ जना सहभागी थिए। कार्यक्रममा ६ जना अपाङ्गता भएका व्यक्तिहरूलाई व्हीलचेयर वितरण गरिएको आयोजकले जनाएको छ।












