घोराही, साउन २६ । घोराही उपमहानगरपालिकालाई ‘लैंगिक हिंसा नियन्त्रण नगर’ घोषणा गर्ने तयारीअन्तर्गत विभिन्न सरोकारवाला पक्षहरूसँग लैंगिक मुख्यप्रवाहीकरणसम्बन्धी समन्वय बैठक साेमबार घाेराहीमा सम्पन्न भएको छ।

बैठकको अध्यक्षता सामाजिक विकास समितिका संयोजक राममणि पाण्डेले गर्नुभएकाे थियाे। कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाह, कार्यपालिका सदस्यहरू, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुबेदी, उद्योग वाणिज्य संघका प्रतिनिधि, जेष्ठ नागरिक, बालक्लबका प्रतिनिधि लगायतको सहभागिता रहेकाे थियो।

बैठकमा ‘लैंगिक हिंसा नियन्त्रण नगर’ घोषणा प्रक्रियासम्बन्धी तयारी कार्यको समीक्षा गरिनुका साथै आगामी कदमबारे विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस