घाेराही, साउन २८ । भैंसीलाई यातनापूर्वक ओसारपसार गरेको आरोपमा दुई जना अर्घाखाँचीमा पक्राउ परेका छन्। सन्धिखर्क नगरपालिका–२ घोचेखोलाबाट प्रहरीले भैंसी बोकेको जीपका चालक र सहचालकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६ का सरोज पौडेल र रोल्पा लुङ्ग्री गाउँपालिका–२ का क्रिस बाँनिया रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार, धारापानीबाट सन्धिखर्क ल्याउने क्रममा जीपमा चारवटा भैंसीलाई अटाइनअटाइ राखी यातना दिइएको पाइएको छ।
पौडेल र बाँनियामाथि मुलुकी अपराध संहिता–२०७४ अन्तर्गत पशुपक्षीसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











