दाङ, साउन २८ । रोल्पा परिवर्तन समाज सेवा समिति दाङको तदर्थ समिति गठन गरिएको छ। परिवर्तन गाउँपालिकाबाट बसाइँसराइ गरी दाङका विभिन्न स्थानमा बसोबास गर्दै आएका व्यक्तिहरूको बुधबार घोराहीमा बसेको भेलाले जेष्ठ नागरिक लोककुमार श्रेष्ठको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो।

तदर्थ समितिको सह–संयोजकमा जकदेवप्रसाद पुन र सदस्यहरूमा कैलाश रोकामगर, हरि डाँगी, उपेन्द्र बुढा, बेगमप्रसाद बुढामगर, मनिषा पुन, लालकुमारी बुढामगर र पूर्णबहादुर बुढामगर रहेका छन्।

भेलाले विधानसम्मत अवधिभित्र आमसभा आयोजना गरी विधान पारित गरेर दर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको सदस्य कैलाश रोकामगरले जानकारी दिए। उनका अनुसार, तदर्थ समितिले असोज महिनाभित्र सम्पूर्ण तयारी पूरा गरी अधिवेशन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस