बिजौरी, साउन ३० । दाङको बंगलाचुली गाउँपालिकामा किसानलाई स्थानीय वनस्पति, गोबर र गाईको पिसाब प्रयोग गरेर जैविक विषादी, गड्यौला मल र झोल मल बनाउन तालिम दिइएको छ। यस कार्यको संयोजन पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्र नेपाल ले गरेको हो।
तालिममा रासायनिक मल र विषादीका नोक्सानीबारे जानकारी दिँदै पहिलो चरणमा अर्गानिक पकेट क्षेत्र निर्माण र क्रमशः रासायनिक प्रयोग घटाउने योजना सार्वजनिक गरियो।
केन्द्रका अध्यक्ष डिल्लबहादुर रावतका अनुसार २०९० सालभित्र दाङ उपत्यकालाई अर्गानिक उपत्यका घोषणा गर्ने लक्ष्य राखिएको छ। संस्थाले यसअघि बीउ वितरण, रैथाने बाली प्रवर्द्धन, अर्गानिक खेती तालिमलगायत करिब दुई दर्जन कार्यक्रम सम्पन्न गरिसकेको छ।
आर्थिक वर्ष ०८१÷०८२ का गतिविधिको खर्च सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले रासायनिक उपजका कारण क्यान्सर र दीर्घ रोग बढ्दै गएको भन्दै अर्गानिक खेतीलाई आवश्यक ठहर गरे।
स्थानीय तहका जनप्रतिनिधि, पत्रकार र सहभागीहरूले अर्गानिक खेतीलाई जिल्लाभर विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्

