घाेराही, साउन ३१ । घोराही उपमहानगरपालिकाले साविक त्रिपुर क्षेत्रलाई लक्षित गर्दै वडा नम्बर १०, नारायणपुरमा बहुउद्देश्यीय योगहल निर्माण सम्पन्न गरेको छ। वडा नम्बर १० को दुरसञ्चार टोलमा करिब एक करोड २० लाख रुपैयाँ लागतमा तयार गरिएको सो योगहलको उद्घाटन शनिबार नगर प्रमुख नरुलाल चौधरीकाे प्रमुख आतिथ्यता तथा योग समितिका अध्यक्ष दानबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो।
नब निर्मित भवनलाई योग अभ्यासका साथै सार्वजनिक सभा–सम्मेलन, औपचारिक कार्यक्रम, पर्व–उत्सवमा नृत्य–संगीत तथा आपतकालीन अवस्थामा आश्रयस्थलका रूपमा प्रयोग गरिने योजना छ।
कार्यक्रममा बाेल्दै कार्यक्रमका प्रमुख अथिती नगर प्रमुख चौधरीले नियमित योग अभ्यास र खेलकुदमार्फत रोगलाई नियन्त्रण गर्न सकिने बताउँदै, सरकारी लगानी नागरिकको स्वास्थ्य सुदृढीकरण तथा सामाजिक–आर्थिक विकासमा केन्द्रीत रहेको उल्लेख गर्नु भएकाे थियाे ।












