दाङ, साउन ३१ । गुरुकुल एकेडेमीले कक्षा ११ का नवप्रवेशी विद्यार्थीहरूलाई शुक्रबार एक कार्यक्रमकाे साथ भव्य स्वागत सम्पन्न गरेको छ । घोराहीस्थित होटेल मालाइनमा आयोजना गरिएको कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले नयाँ शैक्षिक सत्रमा भर्ना भएका साथीहरूलाई स्वागत गरेका थिए ।
कक्षा १२ की छात्रा आयुषा अधिकारीकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रमकाे सञ्चालन भिभिद अधिकारी, शिखा न्यौपाने र शुलभ गौतमले गरेका थिए भने अञ्जली रोकाकाे स्वागत मन्तब्यबाट कार्यक्रम सुरु भएकाे थियाे ।
सो अवसरमा गुरुकुल एकेडेमीका प्लस टु संयोजक राजन अधिकारी, सहायक प्रधानाध्यापक महेन्द्र पौडेल, प्रधानाध्यापक डा. कृष्णराज डिसी तथा विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे । साथै विद्यार्थी प्रतिनिधि झरना र वर्षाले पनि आफ्ना विचार राखेका थिए।
नयाँ विद्यार्थीहरूको स्वागतार्थ आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्यलगायतका सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरु समाबेश गरेका थिए। उक्त प्रस्तुतीहरूले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो।
विद्यालय प्रशासनले उक्त कार्यक्रममा नयाँ विद्यार्थीहरूमा आपसी आत्मीयता र सम्बन्ध सुदृढ हुने अपेक्षा व्यक्त गरेको छ ।












