घोराही, भदाै १ । मातृ–शिशु स्वास्थ्यलाई अझ सुरक्षित बनाउन घोराही उपमहानगरपालिकाले पूर्ण संस्थागत सुत्केरीयुक्त नगर घोषणा कार्यक्रम सञ्चालन गर्ने भएको छ।
उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाले आइतबार सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै उक्त जानकारी दिएको हो। कार्यविधिअनुसार घरधुरी सर्वेक्षण, वडा स्तरमा घोषणा, पालिका घोषणा हुँदै जिल्ला घोषणा गर्ने चरणबद्ध प्रक्रिया अघि बढाइने बताइएको छ।
घरमै हुने सुत्केरीलाई शून्यमा झार्नका लागि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने योजना समेत उपमहानगरपालिकाले तयार पारेको बताइएकाे छ।












