घोराही, भदाै १ । घोराही उपमहानगरपालिका विपत् व्यवस्थापन शाखा र वडा नम्बर १६ को समन्वयमा सो वडाभित्रका विभिन्न सडक मर्मत कार्य थालिएको छ। सडकमा खाल्डाखुल्डीका कारण यातायातमा समस्या देखिनुका साथै दुर्घटनाको सम्भावना बढेकाले मर्मत कार्य अघि बढाइएको हो।
विपत् व्यवस्थापन शाखाको पहलमा मङ्गलेरी चोकदेखि बाहुनडारा बिएनबी चोक, डाँफे टोल हुँदै तेरौटेबाट अटो भिलेज पुलसम्म तथा सर्रा टोल विकास संस्थाभित्रका सडक र वडा कार्यालय नजिकका बाटामा माछरी झार्ने काम सम्पन्न भएको छ। अब ती सडकमा डोजरले फिजाउने र रोलिङ गर्ने कार्य सुरु हुने तयारी गरिएको छ, जसको काम आइतबार रातिसम्म सम्पन्न हुने अपेक्षा गरिएको छ।
यस कार्यमा सहयोग गर्ने सबैलाई घोराही उपमहानगरपालिका विपत् व्यवस्थापन शाखाले हार्दिक धन्यवाद व्यक्त गरेको छ।












