दाङ, भदौ २ । घोराही उपमहानगरपालिकाले कृषकलाई विभिन्न तरकारी र प्याजको उन्नत बीउ ५० प्रतिशत अनुदानमा वितरण गर्ने भएको छ। उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले आव २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार बीउ वितरण गर्न लागेको हो।

सूचना अनुसार कृषक, कृषि फर्म र कृषक समूहले आवश्यक कागजातसहित १५ दिनभित्र निवेदन दिनुपर्नेछ । अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा कार्यालय खुलेको दिनसम्म निवेदन पेश गर्न सकिने छ।

वितरण हुने बीउ

  • तरकारीको कम्पोजिट प्याकेट (५०% अनुदान)

    • मूला – २० ग्राम

    • बन्दा – १० ग्राम

    • काउली – १० ग्राम

    • गाजर – १० ग्राम

    • रायो – ५ ग्राम

    • धनियाँ – १५ ग्राम

    • चुकुन्दर – ५ ग्राम

  • प्याज (नासिक-५३) को उन्नत बीउ – ५०% अनुदान

माँग बढी भएमा आर्थिक विकास समितिको निर्णयअनुसार मात्रामा कटौती गरेर वितरण गरिने उपमहानगरपालिकाले जनाएको छ।

आवश्यक कागजात

१. बीउ माग गर्ने निवेदन
२. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
३. नागरिकताको प्रतिलिपि
४. समूहका लागि समूहको निर्णय वा प्रमाणपत्र प्रतिलिपि
५. फर्मका लागि दर्ता प्रमाणपत्र प्रतिलिपि (पशुपन्छी फर्मलाई समावेश गरिने छैन)

थप जानकारीका लागि कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा (कृषि), घोराहीमा सम्पर्क गर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस