काठमाण्डाै, भदाै ४ । काठमाडौँको भृकुटीमण्डपमा हिजोदेखि सुरु भएको ‘नाडा अटो शो’ अवलोकन गर्न ठूलो भीड लागेको छ। पहिलो दिन विशेषगरी उड्ने कार हेर्न आउनेहरूको चहलपहल बढी देखियो।

प्रदर्शनीमा दुईपाङ्ग्रे देखि चारपाङ्ग्रे गाडी, पार्टपुर्जा र नयाँ मोडेलका स्कुटर तथा मोटरसाइकल प्रदर्शनमा राखिएका छन्। विशेषगरी युवाले नयाँ मोडेलका बाइक र स्कुटरमा चासो देखाउँदै खरिदका लागि बुकिङसमेत गरेका छन्। मेलामा बैंकहरूले आकर्षक छुट योजनासहित प्रतिस्पर्धा गरिरहेका छन्।

यस वर्षको अटो शोमा १९ वटा चारपाङ्ग्रे, १३ हलुका गाडी, चार दुईपाङ्ग्रे ब्राण्ड र ३५ वटा पार्टपुर्जा कम्पनी सहभागी छन्। आयोजकले भदौ ८ गतेसम्म चल्ने प्रदर्शनीमा एक लाखभन्दा बढी दर्शक आउने अनुमान गरेको छ।

नेपाल अटो मोबाइल एसोसिएसनका अध्यक्ष करण चौधरीका अनुसार अटो शो अब केवल प्रदर्शनी नभई व्यावसायिक थलोका रूपमा स्थापित हुँदै गएको छ। अटो क्षेत्रले राजस्व संकलन र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनको भनाइ छ।

सो प्रदर्शनीको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै उड्ने कारसहित विभिन्न स्टलहरूको अवलोकन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस