✍️भरत वली
रोल्पा, भदौ ४ । द फ्रेड हलोज फाउन्डेसन नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान, तथा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, लिवाङ–रोल्पाको आयोजनामा र सम्बन्धित स्थानिय तहहरूको सहकार्यमा रोल्पाका विभिन्न स्थानमा १ दिने बृहत सामुदायिक आँखा शिविर सञ्चालन हुने भएको छ।
शिविरमा निःशुल्क आँखा परिक्षण, मोतिविन्दुको छनोट, आँखा सम्बन्धी रोगको जाँच र परामर्श सेवा प्रदान गरिनेछ। आवश्यक परेका बिरामीलाई निःशुल्क औषधी वितरण गरिनेछ भने चश्मा आवश्यक परे सहुलियत दरमा उपलब्ध गराइनेछ। मोतिविन्दुका बिरामीहरुलाई भदौ २५ र २६ गते तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, लिवाङ–रोल्पामा फेको मशिन र SICS विधिबाट निःशुल्क शल्यक्रिया गरिनेछ।
शिविर बस्ने तालिका यसप्रकार रहेको छ ।













