काठमाडौँ, भदाै ५ । न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले हाल नेपालमा मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहेको छ।

हाल बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। त्यस्तै कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो देशका पहाडी भूभागमा सामान्यतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। साथै, पहाडी भूभागका थोरै स्थानमा र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

महाशाखाका अनुसार बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना समेत रहेको छ

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस