भरत वली

रोल्पा, भदौ ५। रोल्पा जिल्ला तेक्वान्दो संघको आयोजनामा गजलसङ्ग्रह ‘उज्यालोभित्रको अँध्यारो’ को समीक्षा कार्यक्रम हुन लागेको छ।

तेक्वान्दो खेलका दोस्रो डान खेलाडी एवं प्रशिक्षक, माडी तेक्वान्दो विकास समितिका सदस्य, कोर्चावाङ तेक्वान्दो डोजाङका सञ्चालक समितिका अध्यक्ष तथा साहित्यकार शङ्कर घर्तीमगरद्वारा लेखिएको गजलसङ्ग्रहको समीक्षा कार्यक्रम भदौ १४ गत्ते शनिबार बिहान ११:३० बजे जिल्ला समन्वय समितिको हल, लिबाङमा आयोजना गरिने संघले जनाएको छ।

रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्रीका अनुसार कार्यक्रममा नेपाली भाषा–साहित्यका साधक, साहित्यकार, साहित्यप्रेमी, खेलाडी लगायत सबैलाई उपस्थित रहन आह्वान समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस