रोल्पा, भदौ ६ । नेपाल राष्ट्रिय भू–पू. सैनिक संघ जिल्ला कार्य समिति रोल्पाले आगामी भदौ १२ गते तीज पञ्चमी विशेष कार्यक्रम गर्ने भएको छ। लिबाङको टुँडिखेलमा हुने कार्यक्रममा रोल्पा नगरपालिकाका सबै वडाका महिला दिदीबहिनीहरू साथै इच्छुक व्यक्तिहरूलाई सहभागी हुन अनुरोध गरिएको छ।

कार्यक्रम सफल बनाउनका लागि सबैबाट नैतिक, भौतिक र आर्थिक सहयोग आवश्यक पर्ने भएकाले संघले जिल्लाका बुद्धिजीवी, उद्योगी–व्यापारी, राजनीतिक दल, स्थानीय सरकार, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, सुरक्षा निकाय, खेलाडी तथा कलाकारहरूसमेतलाई हातेमालो गर्न आह्वान गरेको छ।

संघका सभापति खिम विक्रम केसीले टोल समितिको प्रतिनिधिले कार्यक्रममा सहभागी हुने नाम एक दिनअघि बुझाउनुपर्ने जानकारी दिनुभएको छ।

कार्यक्रममा परम्परागत मादल, मुरली तथा गीतमार्फत प्रस्तुत गरिने नृत्य समूहलाई उचित पुरस्कार र सम्मानको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी समूहमा कम्तीमा २५ जना सदस्य रहने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस