घाेराही, भदाै ५ । घोराही उपमहानगरपालिका वडा नम्बर ४ ले ७० वर्ष मुनिका स्वास्थ्य बीमा गराएका सम्पूर्ण व्यक्तिहरूलाई निर्धारित म्यादभित्र बीमा नवीकरण गर्न आग्रह गरेको छ। वडा कार्यालयले जारी गरेको सूचनामा भदौ २० गतेभित्र स्वास्थ्य बीमा नवीकरण गर्नुपर्ने र यसका लागि तोकिएका व्यक्तिलाई सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।

यसका लागि देवका पौडेल (सम्पर्क नं. ९८०९७६६०६६) लाई सम्पर्क गर्न सकिने जनाइएको छ। वडा अध्यक्ष मधुसुदन शर्माले जानकारी गराएअनुसार, बीमा नवीकरण नगरे स्वास्थ्य सेवामा समस्या उत्पन्न हुन सक्ने भएकाले तोकिएको समयसीमाभित्रै सबैले नवीकरण गर्नुपर्नेमा जोड दिइएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस