तस्बिर : एजेन्सी
Commuters wade through a flooded street after heavy rainfall in Karachi on August 19, 2025. (Photo by Rizwan TABASSUM / AFP)

पाकिस्तानमा बाढीका कारण २४ जनाको ज्यान गएको छ । त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार मनसुनी वर्षाका कारण कम्तीमा २४ जनाको ज्यान गएको र पाँच जना घाइते भएका छन् ।

उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सबैभन्दा धेरै १४ बालबालिकासहित २१ जनाको ज्यान गएको विपद् अधिकारीलाई उद्धित गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । दक्षिणी सिन्ध प्रान्तमा दुई जना र कश्मीरमा एक जनाले ज्यान गुमाएका छन् ।

ठूलो वर्षापछिको आकस्मिक बाढीका कारण जनधनको क्षति भएको छ । जुन महिनायताको मौसमी वर्षाले पाकिस्तानमा कम्तिमा सात सय ७१ जनाको ज्यान गएको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस