भरत वली

दाङ, भदाै ७ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार दाङ जिल्लामा घोराही उपमहानगरपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाका दशवटा स्थानीय तहमध्ये घोराही उपमहानगरपालिका प्रथम स्थानमा पर्न सफल भएको हो ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार घोराही उपमहानगरपालिकाले ७३ अंक प्राप्त गरी जिल्लामा उत्कृष्टको स्थान सुरक्षित गरेको हो । सोही मूल्याङ्कनमा तुलसीपुर उपमहानगरपालिका दोस्रो र बबई गाउँपालिका तेस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी लमही नगरपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका, बंगलाचुली गाउँपालिका, गढवा गाउँपालिका र  दङ्गिशरण गाउँपालिका क्रमशः चौथोदेखि नवौं स्थानसम्म रहेका छन् । शान्तिनगर गाउँपालिका भने ५९.२५ अंक मात्र प्राप्त गरी जिल्लामा अन्तिम स्थानमा परेको छ ।

लिजा मूल्याङ्कनमा शासकीय प्रवन्ध, वार्षिक कार्यक्रम तथा योजना कार्यान्वयन, वित्तीय व्यवस्थापन, सेवा प्रवाह, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा सहयोग–समन्वयजस्ता सूचकका आधारमा मूल्याङ्कन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस