दाङ, भदौ ८ । घोराही उपमहानगरपालिका–१८ स्थित ब्रह्मचारी टोल विकास संस्थाले २५ औँ वार्षिक साधारणसभा तथा तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अध्यक्ष तिलक कुवरको अध्यक्षतामा र वडा नं १८ का वडा अध्यक्ष भरतमणि अर्यालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो।

कार्यक्रममा गाउँ सुरक्षा समिति अध्यक्ष पूर्णबहादुर मल्ल, स्माल टोलका अध्यक्ष मधुसुदन अर्याल, रझेना टोल विकास संस्थाका अध्यक्ष कमल गौतम, राष्ट्रिय कलाकार कमल गाउँले, कालिका भगवती मन्दिरका अध्यक्ष कुमानन्द कुँवर, तथा मसिना टोल विकास संस्थाका अध्यक्ष देवा पाण्डे लगायतले शुभकामना तथा मन्तव्य व्यक्त गर्नु भएकाे थियाे।

यस अवसरमा संस्थाले २०८१ सालको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका मन्जित अर्याल र संस्थाको वर्षभरीको ऋण कारोबारमा उल्लेखनीय योगदान पुर्‍याउने आशा चौधरीलाई सम्मान गरेको थियो। संस्थाका कोषाध्यक्ष सूर्यबहादुर घर्तीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे भने कार्यक्रम सञ्चालन सचिव मुकेश भुसालले गरेका थिए।

कार्यक्रमले स्थानीय समुदायबीच आपसी मेलमिलाप र समन्वयलाई प्रवर्द्धन गर्दै विकास संस्थाको महत्वपूर्ण भूमिकालाई समेत उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस